Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज धेरै क्षेत्रमा वर्षाको सम्भावना


    शुक्रबार, जेष्ठ ६ २०७९
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ ।  आज दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ । 

    मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र  अन्य प्रदेशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 
    हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

    बिहान पनि बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

    राति प्रदेश १, मधेश  प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

     शनिबार प्रदेश १, मधेश  प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र  अन्य प्रदेशका पहाडी भू(भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
    आइतबार पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार