सर्लाही । हरिवन नगरपालिकाको प्रम्ुखमा माओवादी केन्द्रका रेमश बुढाथोकी (कमल) निर्वाचित भएका छन् । एमालेका गणेशप्रसाद प्रसाईलाई पराजीत गरी उनी निर्वाचित भएका हुन् ।
बुढाथोकीले ७००२ मत प्राप्त गरी बिजयी भएका छन् भने प्रसाईँले ६८४९ मत ल्याएका छन् । प्रसाईँ १५३ मतान्तरले पराजीत भएका हुन् । हरिवनका ११ वटा वडामध्ये ५ वटा वडा जितेको एमाले मेयरमा पराजीत भएको छ । प्रसाईको वडामा ८० प्रतिशत एमालेको मत भए पनि उनले १ मतले मात्र लिड गरेका थिए ।
४ वटा वडामा नेपाली कांग्रेसले जितेको छ । २ वटा वडामा नेकपा समाजवादीले जितेको छ । माओवादीले एउटा पनि वडा नजिते पनि मेयरमा रमेशले जित निकालेका छन् । मेयरमा एकीकृत समाजवादीका सुरेन्द्रकुमार लामाले ३८३६ मत र कांग्रेसका रामप्रसाद मैनालीले २९३६ मत पाएर तेस्रो र चौथो भएका छन् ।
उपमेयरमा भने एमालेले जितेको छ । एमालेकी हरिमाया घलान विजयी भएकी छन् । उनले ६८५५ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका पदमा मुक्तानले ५३२१ मत ल्याएकी छन् ।
किन हारे प्रसाई ?
हरिवन नगरपालिकाका मेयरमा प्रसाई एमाले बृत्तमै अलोकप्रिय मानिन्छन् । उनले ५१ करोड भन्दा बढी नगरपालिकामा फस्र्योट गर्न बाँकी छ । नगरपालिका भवन इन्दुशंकर चिनीमिल नजिक फोहोर पानी बग्ने र डेंगु फैलने ठाउँमा बनाए ।
सहरी विकास विभागबाट छुट्याइएको १७ करोड रुपैयाँमा उक्त भवन बनाए पनि साढे ७ करोड भन्दा बढी अनियमितता गरेको आरोप छ । नगरपालिका भवन निर्माण भएको १ बर्ष पूरा हुँदा पनि प्रयोगमा आउन सकेको छैन । गुणस्तरहीन भवन बनेकाले पास हुन नसकेको र प्रयोगमा आउन नसकेको स्रोत बताउँछ ।
नगरपालिका भवन सारिसकेपछि प्रसाईले साढे २ बिगाहा जग्गा खरिद गरेको, मालपोत र नापी कार्यालय नजिक अरु ३ बिगाहा जग्गा खरिद गरेको, फाष्टट्रयाक ललितपुरमा ३ रोपनी किनेको बिषय पनि हरिवनका एमालेबीचमा ब्यापक छ । वडाध्यक्षहरु शम्भु मैनाली र शेखरेजा मेहबुबसँग मिलेर जग्गामा उनले लगानी गरेको बिषय पनि एमालेकै कार्यकर्ताहरुले प्रचार प्रसार गरेका थिए ।
ओलीको नाम लिंदै अगाडि पछाडि चुल्ठेमुन्द्रे लिएर हिंड्ने र भ्रष्टाचारमा चुर्लुम्म डुबेका कारण पनि एमालेकै कार्यकर्ताले मत नदिई पराजीत गरिदिएका छन् । नगरमा गरेको अनियमितताको रकम काठमाडौंको कागेश्वरी मनोहरामा रेष्टुरेन्ट खोेलेको, गाडी किनेको बिषय पनि उठेको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend