जुम्ला। जुम्लाको आठ वटै स्थानीयतहको मत गणना सकिएको छ । जसमध्ये ५ स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ । दुई स्थानीय तहमा नेकपा माओवादी केद्रले तिजेको छ । जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायत विजयी भएका हुन् । कठायतले दुई हजार चार सय तीन मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार बनेका पदम बहादुर शाहीले दुई हजार ३ सय ४१ मत ल्याए ।
कांग्रेसले तीन पालिकामा उपप्रमुख जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले दुई प्रमुख र चार उपप्रमुख जितेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले एक उपप्रमुख जितेको छ ।
चन्दननाथ नगरपालिकामा उपप्रमुखमा कांग्रेसकी रामदेवी खड्का विजयी भएकी छन् । खड्काले दुई हजार आठ सय ८ मत मत प्राप्त गरेकी छन् । त्यस्तै नगरउप्रमुखका प्रतिस्पर्धी समाजवादीका भीमबहादुर थापाले एक हजार ६ सय ८६ मत प्राप्त गरेका छन् ।
जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्ष प्रमुखमा कांग्रेसका दानबहादुर बुढा विजयी भएका छन् । कांग्रेसका बुढाले १७७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रत्याशी एकीकृत समाजवादीका उम्मेदवार जनक थकालीले १६०४ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एकीकृत समाजवादीकी शान्तिकुमारी मल्ल भण्डारी विजयी भएकी छन् । उनले १५०३ मत प्राप्त गरी उपप्रमुख भण्डारी विजयी भएकी हुन् । उनका प्रत्याशी नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकन्य बुढाले १२१४ मत प्राप्त गरेकी छन् ।
जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतीलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा (कल्पना) विजयी भएका छन् । रोकाया कांग्रेसका एकराज उपाध्यायलाई २१ मतअन्तरले पछि पार्दै विजयी बनेका हुन् । उनले एक हजार ९ सय ३६ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका उपाध्यायले एक हजार ९ सय १५ मत मात्र प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना) विजयी भएकी छन् । उनले २ हजार ४ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुष्मा श्रेष्ठले एक हजार ८ सय ७ मत प्राप्त गरेकी हुन् ।
त्यस्तै जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाईं विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका जुम्ला संयोजक वीरबहादुर कुँवरलाई भारी मतान्तरले हराउँदै विजयी भएका हुन् । उनले २ हजार ३ सय २० मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वीरबहादुर कुँवरले एक हजार ८ सय ६ मत प्राप्त गरेका हुन् ।
त्यस्तै उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी रेवती रावल विजयी भएकी छन् । उनले एक हजार ७ सय ५८ मत प्राप्त गरिन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी विन्दु अधिकारीले एक हजार ३ सय १२ मत प्राप्त गरेकी हुन् ।
त्यस्तै सिजागाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पूर्णप्रसाद धिताल विजयी भएका छन् । धितालले नेपाली कांग्रेसका नन्दराम बुढा १ सय १८ मतअन्तरले पछि पार्दै विजय हासिल गरेका हुन । उनी १ हजार ९सय ४९ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नन्दराम बुढाले १ हजार ८ सय ३१ मत ल्याएर पराजित भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै शितली रोकाया १ हजार ९ सय ५६ मतले विजयी भएकी हुन् । भने उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रजनकली शाहीले १ हजार ६९ मत ल्याएर पराजित भएकी हुन् ।
त्यस्तै जुम्लाको पातारासी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा विजयी भएका छन् । अध्यक्ष बोहराले दुई हजार सात सय ६८ मत प्राप्त गरेका छन् । अध्यक्षमा प्रत्याशी नेकपा माओवादीका हरिबहादुर बुढाले दुई हजार छ सय ६८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका जुनमाया रोकाया विजयी भएकी छन् । उपाध्यक्षमा माओवादीका रोकायाले दुई हजार सात सय ५४ मत प्राप्त ल्याएकी हुन् । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका शान्तिले बुढा दुई हजार चार सय ६३ मत ल्याएर पराजित भएकी हुन् ।
त्यस्तै जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अध्यक्ष दामोदर आचार्य विजयी भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसकै प्रेमकली बुढा विजयी भएकी हुन् ।अध्यक्ष आचार्यले दुई हजार ८ सय ६ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष बुढाले दुई हजार तीन सय ८० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रत्याशी नेकपा माओवादीका धनबहादुर रावत दुई हजार पाँच सय ६२ र उपाध्यक्ष रिता खत्रीले एक हजार नौ सय ४५ मत प्राप्त गरेकी छन् । २०७४ को निर्वाचनमा माओवादीले तीन अध्यक्ष र ५ उपाध्यक्ष जितेको थियो । कांग्रेसले ५ अध्यक्ष दुई उपाध्यक्ष जितेको थियो ।
त्यस्तै हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण शाही विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी भएका हुन् । लक्ष्मण शाहीले एक हजार ८ सय ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्मरराज शाहीले एक हजार ४ सय २३ मत ल्याएर पराजित भएका हुन् ।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी सुर्पना शाही विजयी भएकी छन् । उनले एक हजार ५सय १८ मत ल्याएकी छन् भने उनको प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४ सय ८९ मत ल्याएकी हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend