Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेटौँडामा गठबन्धनकी उम्मेदवार लामाको निरन्तर अग्रता


    बिहिबार, जेष्ठ ५ २०७९
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मिनाकुमारी लामाले आफ्नो अग्रतालाई निरन्तर कायम गरिराखेकी छन् ।

    हालसम्म ५७ हजार १६९ मत गणना भइसक्दा एकीकृत समाजवादीकी उम्मेदवार मिनाकुमारी लामाले १७ हजार ८५३ मत प्राप्त गर्दै अग्रता बनाएकी छन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १६ हजार ६३२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् भने राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १६ हजार ५१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

    हेटौँडाको अहिलेसम्म १३ वटा वडाको मतगणना समपन्न भइसकेको छ भने ७ वटा वडाको मत गणना जारी रहेको छ । हेटौँडामा वडा नम्बर १, २, ३, ६, ७, १६ र १७ को वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर ४, ५, १४, १५, १८ र १९ को वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार