Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार


    बिहिबार, जेष्ठ ५ २०७९
    2.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलमा सहभागी भएकी छिन् । पन्तले नेपालबाटै कान्स रेड कार्पेटमा वाक गर्ने पहिलाे कलाकार बनेकी छिन् । 

    नेपालका केही भागमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ को प्रिमियरमा सहभागी हुन् उनी फ्रान्स पुगेकी हुन् । 

    यसअघि नेपालबाट कान्समा सहभागिता जनाइएपनि रेड कार्पेटमा वाक गर्ने मौका कसैले पाएका थिएनन् । रेड ड्रेसमा सजिएर कार्पेटमा वाक गर्दै उनले भनिन्, ‘रातो कार्पेटमा हिड्नु वास्तविकमै अलाैकिक क्षण बन्याे । फिल्म र कथाकारहरूको लागि उत्सवको सबैभन्दा ठूलो परिवेशको साक्षी हुने अवसर पाउनु मेरो जीवनभर मन पर्ने कुरा हो । झिलमिलाहट जस्तो लाग्छ ।’

    उनले उक्त फिल्मका लागि गत वर्ष अडिसन दिएकी थिइन् । अडिसनमा छनोट भएर फिल्ममा अभिनयकाे मौका पाएकी थिइन् । ‘द एट माउन्टेन्स’ फिल्मको केही अंश नेपालको मनाङमा छायांकन गरिएको थियो । उक्त चलचित्र कान्स फिल्म फेस्टिवलको मुख्य प्रतिस्पर्धाको लागि छनोटमा परेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार