सुर्खेत । केन्द्रीय सदस्य तथा मन्त्री पाएको स्थानीय तहमा नै दलहरूले चुनाव हारेका छन् । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका पूर्वमन्त्री नरेश भण्डारीको पालिका जुम्लाको गुठीचौरमा नेपाली कांग्रेस र समाजवादीले जित हात पारेको छ । त्यहाँ अघिल्लो चुनावमा भण्डारीका बुबा हरिबहादुर भण्डारीले माओवादी केन्द्रको तर्फबाट जितेका थिए ।
अहिले पनि नरेशकै पहलमा हरि भण्डारीलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उतारिएकाे थियो । त्यस्तै अर्थमन्त्री जनार्दन शर्माको रुकुम पश्चिम मुसीकोट नगरपालिका ५ मा नेपाली कांग्रेसको वडाध्यक्षका उम्मेदवार समिरजंग मल्लले नेकपा माओवादी केन्द्रका पूर्वध्यक्ष सुशील गौतमलाई हराएर अध्यक्ष बने । माओवादी नेता शक्तिबहादुर बस्नेत आफ्नो वडामा त्रिपल भोटले वडाध्यक्ष जिताए पनि भेरी नगरपालिकाको नगरप्रमुखमा आफ्ना उम्मेदवारलाइ जिताउन सकेनन् । यो पालिका नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लको पनि हो ।
माओवादी नेता अर्थात रामदिप आचार्य र मायाप्रसाद शर्माको वडामा कांग्रेसका वडाध्यक्षका उम्मेदवार लक्ष्मीप्रसाद आचार्यले जिते । नेकपा माओवादी केन्द्रका सबैभन्दा बढी केन्द्रीय सदस्य भएको नगरपालिका भेरी हो ।
जाजरकोटकै नलगाड नगरपालिका ५ मा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहको वडामा नेपाली कांग्रेसको तर्फबाट ओमराज ओलीले जित हात पारेका छन् । यो जनयुद्ध कालमा कम्युन चलाएको वडा पनि हो । योभन्दा अगाडि त्रिपल भोटले माओवादीले वडाध्यक्ष जितेको थियो । जुम्लाका सांसद तथा केन्द्रीय सदस्य जगेन्द्र महतको पालिका चन्दननाथ नगरपालिका स्वतन्त्रका राजुसिंह कठाएतले जिते ।
महतको वडा ७ मा समेत समाजवादीका गणेश मतले जिते । नेकपा माओवादी केन्द्रबाट राज्यमन्त्री भइसकेको तथा केन्द्रीय सदस्य गोमा कुँवरको तातोपानी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अध्यक्षमा पराजित भएको छ भने उपाध्यक्ष मात्र माओवादीले जितेको छ । कुँवरको वडा रहेको ७ मा समेत नेकपा एमलेको तिलकबहादुर रावतले जिते । नेपाली कांग्रेसका कर्णाली प्रदेशका सभापति ललितजंग शाहीको चन्दननाथ नगरपालिकामा स्वतन्त्रले जितेको छ भने उनको घर रहेको वडा नं. ५ मा माओवादी केन्द्रका माअेवादीका वडाध्यक्ष बिर्खबहादुर कार्कीले जिते ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य रामलाल विकको वडा अर्थात डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ३ मा एमालेका वडाध्यक्षका उम्मेदवार भक्तबहादुर केसीले जिते । हुम्लाका नेकपा एमालेको नेता तथा पूर्वमन्त्री दलबहादुर रावलको वडा सर्केगाड- ४ मा माओवादी केन्द्रका धनबहादुर सत्यालले जिते ।
पालिकासमेत माओवादीले जितेको छ । नेकपा एमालेका स्थायी कमिटीका सदस्य गोरखबहादुर बोगटीको हुम्लाको अदानचुला गाउँपालिकामा कांग्रेस र माओवादीले जितेका छन् । सुर्खेतको बराहताल गाउँपालिका अर्थात आर्थिक मामिला तथा योजनामन्त्री विन्धमान विष्टको पालिकामा कांग्रेसले जित हात पारेको छ । विष्ट माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । एमालेका नेता विष्णु रिजालले आफ्नो पालिकामा हार्नुपरेको छ । भैरवी गाउँपालिकामा कांग्रेसका रिताकुमारी शाहीले जितेकी छिन् । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको पालिका ठाँटीकाँध गाउँपालिकामा कांग्रेसका रक्षबहादुर शाहले जिते । शाही नेकपा एमालेकाबाट प्रतिनिधित्व गर्दछन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend