सिरहा । कर्जन्हा नगरपालिकाकाे मेयरमा एमालेका उम्मेदवारले विजयी हासिल गरेका छन् । नगरपालिकाको मेयरमा एमाले र उपप्रमुखमा जनता समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका हुन् ।
मेयरमा भोलाप्रसाद पोखरेल र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा), नेपालकी लक्ष्मीकुमारी श्रेष्ठ निर्वाचित भएकी छिन् । पोखरेललले तीन हजार आठ सय ३९ र उपप्रमुखमा विजयी श्रेष्ठले तीन हजार चार सय ८७ मत ल्याएकी छिन् ।
उनका निकटतम प्रतिस्पर्धीहरू जसपाका केशवप्रसाद साहले तीन हजर दुई सय २३ र नेकपा माओवादीका उम्मेदवार तथा नविर्तमान मेयर गंगा पासवानले दुई हजार चार सय ८२ मत प्राप्त गरेका छन् । उपमेयर श्रेष्ठकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी निर्मलाकुमारी देवी पासवानले तीन हजार ९५ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा नविर्तमान उपमेयर ज्ञानु कुमारी श्रेष्ठले दुई हजार चार सय ५६ मत प्राप्त गरेकी छिन् ।
नगरपालिकाकाे ११ वडामध्ये पाँच वडामा नेकापा एमाले, तीनमा जसपा, एक-एकमा माओवादी केन्द्र, नेकपा, एकीकृत समाजवादी र स्वतन्त्र वडा अध्यक्ष निर्वाचित भएका छन् ।
यस नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित बहुमत वडामा माओवादी केन्द्रले विजयी हाससल गरेको थियो । यसपटक माओवादी तेस्रो स्थानमा पुगेको छ ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend