पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २ हजार ४९५ मतान्तर बनाएका छन् ।
पोखरामा हालसम्म ५२ हजार ८१७ मत गणना भइसक्दा आचार्यले हालसम्म २१ हजार ८८० मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्ण थापाले १९ हजार ३८८ मत पाएका छन् ।
मेयरकै दौडमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले २ हजार १८६ मत पाएका छन् । अटेरी अभियानमार्फत स्वतन्त्र उम्मेदवारी दिएका खडकराज पौडेल ‘गनेस’ले १ हजार १८३ मत ल्याएका छन् ।
महानगरको उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी कोपिला रानाभाट र नेकपा एमालेकी मञ्जुदेवी गुरुङबीच थोरै मत अन्तर मात्रै छ ।
रानाभाटलाई एमाले उम्मेदवार गुरुङले केवल ९ मतले मात्रै पछाडि पारेकी छन् । ४५ हजार मत गन्दासम्म उपमेयरमा कांग्रेसले अग्रता लिइरहेको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend