रसुवा । रसुवाका पाँँच पालिकामध्ये तीनमा कांग्रेस र दुई पालिकामा एमाले निर्वाचित भएको छ ।
स्थानीय तह निर्वाचनमा पाँँच पालिकामध्ये कालिका गाउँपालिका, नौकुण्ड गाउँपालिका र आमाछोदिङमो गाउँपालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । उत्तरगया गाउँपालिका र गोसाइँकुण्डमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।
कांग्रेसले जितेका पालिका
कालिका गाउँपालिकामा नेपाली कांग्रेसका हरिकृष्ण देवकोटाले २ हजार ६२२ मत प्राप्त गरी विजयी भएका छन् । एमालेका उम्मेदवार कमलनाथ आचार्यलाई ३३९ मतले पराजित गरेका हुन् । कालिका गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार सोम तामाङले १ हहजार ५२२ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा कांग्रेसका मिरा तामाङले २८१० मत ल्याएर नेकपा एमालेकी अम्बिका भट्ट पौडेललाई ८०० मत अन्तरले पराजित गरी विजयी भइन् ।
कालिका गाउँपालिका १ मा माओवादीका दावा तामाङ, २ मा नेपाली काँग्रेसका उमेश न्यौपाले, ३ मा नेपाली काँग्रेसका फणिन्द्र न्यौपाने , ४ मा नेपाली काँग्रेसका खेसम तामाङ र वडा नं ५ मा नेपाली काँग्रेसका सन्दिप पौडेल विजयी भएका हुन् ।
नौकुण्ड गाउँपालिकामा नेपाली कांग्रेसका नुर्पुसाङबो घले विजयी भएका छन् । उनले नेकपा एमालेकी सिर्जना लामालाई ४०० मतान्तरले पराजित गरेका हुन् ।
गाउँपालिका उपाध्यक्षमा भने नेकपा एमालेका चन्द्रबहादुर गलान विजयी भएका छन् । वडा अध्यक्षहरूमा १ मा कांग्रेसका कान्छा लामा, २ मा एमालेका ङाफु तामाङ, ३ मा एमालेका नोकेन्द्रदेव मोक्तान, ४ मा कांग्रेसका ज्ञानी वाइवा, ५ मा कांग्रेसका श्यामबहादुर थिङ र ६ मा एमालेका योनुर्पु तामाङ विजयी भएका हुन् ।
आमाछोदिङमो गाउँपालिकामा नेपाली कांग्रेसबाट पुनः बुचुङ तामाङ निर्वाचित भएका छन् । उनले एमालेका फुपुसिङ्गी तामाङलाई ३०० मतान्तरले जितेका हुन् ।
उपाध्यक्षमा कांग्रेसकी चण्डिका तामाङले एमालेकी नविना लामालाई पराजित गरेकी हुन् । वडा अध्यक्षहरू १ मा एमालेका साङ लामा तामाङ, २ मा काँग्रेसका लाक्पाकामी तामाङ, ३ मा एमालेका सुरेन्द्र तामाङ, ४ मा एमालेका धर्म तामाङ र ५ मा कांग्रेसका दावागोम्बो तामाङ विजयी भएका छन् ।
एमालेले जितेका पालिका
उत्तरगया गाउँपालिका अध्यक्षमा एमाले केन्द्रीय सदस्य तथा युवा नेता माधव अर्याल निर्वाचित भएका छन् । उनले निवर्तमान अध्यक्ष उपेन्द्रराज लम्साललाई ४४० मत अन्तरले पराजित गरेका हुन् भने उपाध्यक्षमा चमेली गुरुङ पुन निर्वाचित भइन् ।
उत्तरगया गाउँपालिका वडा नं १ मा वडा अध्यक्षमा नेकपा एमालेका मारसिङ तामाङ, वडा नं २ मा एमालेका टुकुप्रसाद सुवेदी, वडा नं ३ मा एमालेका लालबहालुर लामा, ४ मा नेपाली काग्रेसका अमर बुलुन, ५ मा माओवादी केन्द्रका यमनाथ आचार्य विजय भएका छन् ।
गोसाइँकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा एमालेका नेता कैसाङनुर्पू तामाङ पुनः विजयी भएका छन् । उनले कांग्रेसका जिल्ला पार्टी सभापति समेत रहेका पेम्बाछिरिङ तामाङलाई ५०० मतअन्तरले पराजित गरे ।
उपाध्यक्षमा नेकपा एमालेकी प्रतिमा लामा विजयी भइन् । उनले नेपाली कांग्रेसकी देकी तामाङलाई ५०० मतान्तरले पराजित गरेकी हुन् । गोसाँइकुण्ड गाउँपालिका वडा नं १ मा उर्केन तामाङ, २ मा नेपाली कांग्रेसका कमीछिरिङ तामाङ, ३ मा नेकपा एमालेका मिङमार तामाङ, ४ मा कांग्रेसका ढिण्डु लामाजाङवा तामाङ, ५ मा नेकपा एमालेका दावामिङमार तामाङ र वडा नं ६ मा नेकपा एमालेका दावासिदार वाइवा छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend