Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १० पटकसम्म वडाध्यक्ष बनेका ८१ वर्षीय व्यञ्जनकार ११ औँ पटक पराजित


    बिहिबार, जेष्ठ ५ २०७९
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १० मा स्वतन्त्र उम्मेदवार बनेका नरसिंह व्यञ्जनकार पराजित बनेका छन् । यसअघि १० पटकसम्म वडाध्यक्षमा निर्वाचित बनेका उनी यस पटक भने पराजित बनेका छन्।

    ११ औं पटक वडाध्यक्ष निर्वाचित हुने उनको योजनालाई काँग्रेसका उम्मेदवारले ब्रेक लगाइदिए ।

    वडा नम्बर १० को अन्तिम मतपरिणाम अनुसार व्यञ्जनकारले ५४३ मत पाउँदा नेपाली काँग्रेसका उम्मेदवार रविन मान व्यञ्जनकारले ८२५ मत पाए । यस्तै राप्रपाका वीरबहादुर तामाङले ८० तथा माओवादीका रघुनाथ दुलालले ४७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    ११ पटक पनि अध्यक्ष बन्ने योजनामा रहेका व्यञ्जनकार ८१ वर्ष पुगिसकेका छन् । उनी २०२९ सालदेखि पटक पटक गरेर १० पटक वडाध्यक्ष बनिसकेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार