Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कपिलवस्तुको बाणगंगा नगरपालिकाको मेयरमा एमालेका अर्याल  विजयी 


    बिहिबार, जेष्ठ ५ २०७९
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा नेकपा एमालेका प्रमुख र उपप्रमुखका उम्मेदवार विजयी भएका छन् ।

    एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणी अर्यालले १८ हजार ९९९ मत प्राप्त गरी चुनाव जिते । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रविराज आचार्यले १८ हजार ३६० मत प्राप्त गरे । दुबै बीच ६ सय ३९ मतको अन्तर छ ।

    त्यसैगरी उपप्रमुखमा एमालेकै रीता चौधरीले १९ हजार ३९८ मत ल्याई चुनाव जितिन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी तारावती थारुले १८ हजार ४६४ मत प्राप्त गरेकी छन् ।

    वाणगंगा नगरपालिकामा एमालेले नगर प्रमुख र उपप्रमुख सहित ६ वटा वडा जितेको छ । कांग्रेसले ४ वटा वडा र माओवादीले एउटा वडा जितेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार