Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • असाममा भीषण वर्षापछिको बाढी र पहिरोमा ९ जनाको मृत्यु, लाखौँ प्रभावित


    बिहिबार, जेष्ठ ५ २०७९
    2.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । असाममा आएको बाढी र पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ । बाढीका कारण २७ जिल्लाका ६० लाखभन्दा मानिस प्रभावित भएका छन् । प्रिमनसुनमा वर्षापछि आएको बाढीबाट हजारौँ मानिस विस्थापित भएका छन् । अहिलेसम्म ४८ हजार मानिसहरूलाई विभिन्न २४८ ओटा राहात शिविरमा स्थानान्तरण गरिएको छ । 

    बाढीबाट सबैभन्दा बढी पूर्वी होजाइ र काचर जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन् । यी जिल्लामा दुई लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । होजाई जिल्लामा फसेका दुई हजारभन्दा बढी मानिसलाई सेनाले उद्धार गरेको छ । 

    बाढीका कारण दक्षिणी असामको दिमा हासो जिल्ला पनि नराम्रोसँग प्रभावित छ । बाढीले विद्युतका पोल बगाउँदा र सडक भत्काउदा त्यहाँ उद्धार कार्य प्रभावित भएको छ । 

    यसैबीच, बाढीमा ज्यान गुमाएका पीडितका परिबारलाई सरकारले जनही ४ लाख दिने भएको छ । अविरल वर्षाका कारण भारतको उत्तरी राज्य असाम, मेघालय र अरुणाञ्चल प्रदेश पछिल्लो दुई दिनदेखि प्रभावित छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार