काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले निर्वाचनमा गठबन्धन दलहरूबीच भएको तालमेल सफल हुनु रहेको बताए ।
निर्वाचनको परिणाम सार्वजनिक भइरहँदा कांग्रेस पहिलो दल बन्ने निश्चित भएको बेला महामन्त्री शर्माको यो प्रतिक्रिया आएको हो । परिणाम आइसकेपछि भने निर्वाचनमा भएको तालमेलबारे पनि समीक्षा गरिने उनको भनाइ छ ।
‘प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन नै गर्न सक्दैन भन्ने पनि थियो । पहिले तीन चरणमा भएको थियो । तर, यस पटक एकै चरणमा भयो । परिणाम पनि उत्साहजनक आयो । परिणामलाई सकारात्मक भनेर अगाडि बढ्नुपर्छ’, उनले भने, ‘निर्वाचनमा भएको तालमेलबारे पनि समीक्षा हुन्छ ।’
कांग्रेस पहिलो दल बन्ने अवस्थामा पुग्नु कतै गठबन्धन दलहरूबीच भएको तालमेल त कतै एक्लै निर्वाचन लड्दा निकालिएको परिणाम भएको शर्माले बताए ।
उनले आगामी प्रदेश र सङ्घीय संसद्को निर्वाचनमा पनि तालमेल हुन सक्ने सङ्केत गरे ।
‘यो तालमेल स्थानीय तहको निर्वाचनको लागि थियो । तालमेल राम्रै भयो गठबन्धन दलहरूबीच’, शर्माले भने, ‘खोलो तर्यो, लौरो बिर्स्यो पनि गर्नु हुँदैन । त्यसको अर्थ देशभर तालमेल गर्नुपर्छ भन्ने छैन ।’
१७ चैतमा गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा दुई सय बढी स्थानीय तहमा तालमेल भएको थियो ।
तालमेलकै कारण २०७४ सालको निर्वाचनबाट पहिलो बनेको दल एमाले दोस्रो हैसियतमा रहने देखिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend