खोटाङ । स्थानीय तहको निर्वाचनमा खोटाङमा सबैभन्दा बढी पालिकामा कांग्रेस विजयी भएको छ । १० स्थानीय तहमध्ये कांग्रेसले ६ पालिकामा जित हासिल गरेको छ । कांग्रेसले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी, साकेला, बराहपोखरी र रावाबेँसी गाउँपालिकाको नेतृत्व हात पारेको हो । हलेसी तुवाचुङ नगरपालिकामा प्रमुख र उपप्रमुख तथा अन्य स्थानीय तहको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएको हो ।
एमालेले ऐसेलुखर्क र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा मात्र जित हासिल गरेको छ । माओवादी केन्द्रले खोटेहाङ र जन्तेढुंगा गाउँपालिकामा नतिजा आफनो पक्षमा पारेको छ । यसपल्टको निर्वाचनमा सबैभन्दा बढी क्षती एमालेलाई भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ६ स्थानीय तहको नेतृत्व पाएको एमाले यसपल्ट गठबन्धनका कारण दुई स्थानीय तहमा खुम्चिन पुगेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कांग्रेसका तिर्थराज भट्टराई प्रमुख र माओवादी केन्द्रका बिसन राई उपप्रमुख विजयी भएका छन् । हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसका बिमला राई प्रमुख र रमेश राउत उपप्रमुखमा बिजयी भएका छन् । केपिलासगढी गाउँपालिकामा कांग्रेसका समिर राई अध्यक्ष र जसपाका गुरुराज राई उपाध्यक्ष निर्वाचित भएका छन् ।
बराहपोखरी गाउँपालिकामा कांग्रेसका शालिकराम बञ्जरा अध्यक्ष र नेकपा एकीकृत समाजवादीका भुबलराज राई उपाध्यक्ष, साकेला गाउँपालिका कांग्रेसका रबिप्रकाश राई अध्यक्ष र माओवादी केन्द्रकी बिर्सिका राई उपाध्यक्ष, रावाबेँसी गाउँपालिकामा कांग्रेसका फटिककुमार श्रेष्ठ अध्यक्ष र एमालेकी कौशिलाकुमारी गुरुङ उपाध्यक्ष चुनिएका छन् ।
ऐसेलुखर्क गाउँपालिकाको अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राई र उपाध्यक्षमा कांग्रेसका राजेश राजभण्डारी, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्र राई र उपाध्यक्षमा अरुणा थापा मगर विजयी भएका छन् । खोटेहाङ गाउँपालिकामा माओवादी केन्द्रका उदिमबहादुर राई अध्यक्ष र कांग्रेसका रुपेश राई उपाध्यक्ष तथा जन्तेढुंगा गाउँपालिकामा माओवादी केन्द्रका अरुणादेबी राई अध्यक्ष र कांग्रेसका खेमबहादुर खड्का उपाध्यक्षमा निर्वाचित भएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend