Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देहीको ओमसतियाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी


    बिहिबार, जेष्ठ ५ २०७९
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका मन्जित यादव सोनु ४ हजार ८ सय ३२ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी राप्रपाका तिलकसिंह बोहराले ३ हजार १ सय ३९ मत ल्याए । 

    उपाध्यक्षमा कांग्रेसकी सुनिता चौधरी ६ सय ८४ मतान्तरले विजयी भएकी छन् । चौधरी ४ हजार १ सय ३९ मतसहित विजेता बन्दा प्रतिस्पर्धी राप्रपाकी चित्ररेखा थारुले ३ हजार ४ सय ५५ मत पाइन् ।

    २३ हजार ९ सय २९ मतदाता रहेको ओमसतियामा १९ हजार २ सय २५ जनाले मताधिकार प्रयोग गरेका थिए ।  ६ वटा वडा रहेको ओमसतियामा १ मा राप्रपाका बेल बराल, २, ३, ४ र ५ बाट क्रमशः कांग्रेसका सितल जिटी, प्रकाश सिंह, अखिलेश्वर कुमार पाण्डे र मदन प्रसाद पोखरेल विजयी बनेका छन् ।  ६ गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका शिवकुमार धवल निर्वाचित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार