तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा नेपाली कांग्रेसका कृष्णराज पण्डित र उपमेयरमा नेकपा माओवादी केन्द्रका खुमबहादुर विक (राजु) निर्वाचित भएका हुन् । पण्डितले १२ हजार २६३ र विकले १० हजार २६२ मत प्राप्त गरे ।
मेयरका उम्मेदवार नेकपा एमालेको मुक्ति तिम्सिनाले नौ हजार ८४० मत प्राप्त गरे । उपमेयरमा एमालेकी फुलमाया वाग्लेले नौ हजार ९५७ मत पाइन् । मेयरमा दुई हजार ४२३ र उपमेयरमा ३०५ मतान्तर रह्यो ।
शुक्लागण्डकीमा नगरपालिकामा ६७.८५ प्रतिशत मत खसेको थियो । ३८ हजार ३१५ मतदाता रहेकोमा २५ हजार ९९७ जनाले मात्र मतदान गरेका थिए ।
अघिल्लो पटक नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेले जित हासिल गरेका थिए । उपमेयर गुमाएको एमालेले वडामा समेत एक वडा कम जित दर्ता गराएको छ । एमालेले यसपालि छ वडामा वडाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले पाँच र नेकपा माओवादी केन्द्रले एक वडामा वडाध्यक्ष जितेका छन् । कांग्रेसले अघिल्लो पटक तीन र माओवादीले दुई वडा जितेका थिए ।
शुक्लागण्डकी नगरपालिकाको नगरसभामा नेकपा एमालेले बहुमत सदस्य जितेको छ । ३५ नगरसभा सदस्य एमालेले जितेको हो । यस्तै कांग्रेसले मेयर सहित २४ नगरसभा सदस्य र माओवादी केन्द्रले उपमेयर सहित तीन नगरसभा सदस्य जितेको छ ।
शुक्लागण्डकी–१ मा कांग्रेसका रविचन्द्र पौडेलको प्यानल विजयी छ । वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका सुमनबहादुर राना मगरले जित्दा चार वडा सदस्य एमालेले जितेको छ । वडा नम्बर ३ को अध्यक्षमा कांग्रेसका सचिन भुजेल सहित प्यान विजयी भएको छ । ४ मा नेपाली कांग्रेसका राजकुमार वाग्ले निर्वाचित भए ।राजकुमारले प्यानलै विजयी भएको हो ।
वडा नम्बर ५ को अध्यक्ष नेकपा एमालेका दीर्घबहादुर थापा प्यानल सहित विजयी भए । ६ मा नेकपा एमालेका बुद्धिबहादुर थापा प्यानल सहित विजयी भए । वडा नम्बर ७ मा कांग्रेसका खड्कसिंह थापा विजयी भए । वडा सदस्यमा एक जना कांग्रेस र तीन जना एमालेका विजयी भए । वडा नम्बर ८ मा एमालेका नारायणसिंह थापा विजयी भए । कांग्रेसका दुई र एमालेका दुई वडा सदस्य विजयी भएका छन् । वडा नम्बर ९ को वडाध्यक्षमा नेकपा एमालेका बाबुराम पुलामी सहित प्यानल विजयी भयो ।
वडा नम्बर १० को वडाध्यक्षमा माओवादी केन्द्रका राजेन्द्र भट्टराई क्षेत्री विजयी भए । वडा सदस्य एमाले र कांग्रेसका दुई दुई जना विजयी भएका छन् । वडा नम्बर ११ को वडाध्यक्षमा सालिकराम भट्टराई विजयी भएका छन् । वडा सदस्यमा दुई जना एमाले, कांग्रेस र माओवादीका एक÷एक जना विजयी भए । वडा नम्बर १२ मा नेकपा एमालेका इन्द्र गुरुङ सहित उनको प्यानल विजयी भएको हो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend