लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ। मध्यनेपाल मेयरमा एमालेलाई पराजित गर्दै गठबन्धनका कांग्रेसका उम्मेदवार रमेशकुमार पाण्डे विजयी भएका हुन्। उपमेयरमा भने एमालेकी सीता गुरुङ निर्वाचित भएकी छिन् ।
मेयरमा निर्वाचित कांग्रेसका पाण्डेले ६ हजार ५५२ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार श्रेष्ठले ६ हजार २१४ मत प्राप्त गरेका छन्।
यसैगरी, नगरपालिकाको उपमेयरमा एमालेकी सीता गुरुङ विजयी भएकी छिन्। उनले ६ हजार ४ सय ७६ मत प्राप्त गरेकि छन्। गठबन्धनबाट माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार बनेका उपेन्द्र अधिकारीले ५ हजार ६५ मत प्राप्त गरे । यसअघि पाँच वर्ष नगरपालिकाको प्रमुखमा रहेर काम गरेका पाण्डे पुनः दाेस्राे कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।
मध्यनेपालमा २०७४ को स्थानीय तहमा कांग्रेसले प्रमुख र एमालेले उपप्रमुख जितेको थियो। २०७४ मा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको थियो ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend