Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २१ वर्षका बशिष्ट कुमार बने कालिकामाई गाउँपालिकाका अध्यक्ष


    बुधबार, जेष्ठ ४ २०७९
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय बशिष्ट कुमार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

    राष्ट्रिय जनता पार्टी (जसपा) बाट निर्वाचन लडेका कुमार आफ्ना निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका ४२ वर्षीय अजयकुमारलाई १०८ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

    बशिष्ट कुमारले ३ हजार ७१९ मत ल्याए भने अजयकुमारले ३ हजार ६०५ मत ल्याए ।

    उपाध्यक्षमा भने नेपाली कांग्रसकी राजमति बरैनी निर्वाचित भएकी छन् । उनले ३ हजार ९६१ मत ल्याइन् । जनता समाजवादी पार्टी (जसपा) की सहानी खातुनले ३ हजार ८३४ मत ल्याएर दोस्रो भइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार