Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुर महानगरमा रेनु दाहालले बनाइन थप फराकिलो मतान्तर, सुवेदी भन्दा १८५२ मतले अगाडि


    बुधबार, जेष्ठ ४ २०७९
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई १ हजार ८५२ मत अन्तरले पछि पारेकी छन् ।

    पछिल्लो मत परिणाम अनुसार रेनुले १० हजार ४४९ मत पाउँदा एमालेका विजय सुवेदीको मत ८ हजार ५९७ छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत पाएका छन् ।

    उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १२ हजार ४९६ मत पाएका छन् । उनको प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ९९२ मत पाएकी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार