Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • मतपत्र च्यातेपछि कुटिएका गोविन्द जोशीका छोरा भेट्न सर्वेन्द्रदेखि सुवास नेम्वाङसम्मको लर्को


    बुधबार, जेष्ठ ४ २०७९
    2.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • तनहुँ । स्थानीय तह निर्वाचनका दिन बैशाख ३० गते ब्यास नगरपालिकाको गाविस भवन फेदी मतदान केन्द्रमा हुलहुज्जत गरी मतपत्र च्यातेपछि नेपाली कांग्रेसका कार्यकर्ताको कुटाइ खाएका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीलाई भेट्न एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख दमननाथ ढुंगाना, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ(किसान) र नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालसम्म पुगेका छन् ।

    मतपत्र च्यातेपछि कुटपिटमा परेका जोशी काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारमा छन् । उनलाई अस्पतालमा भेट्न संविधानसभा अध्यक्ष नेम्वाङ, मन्त्री श्रेष्ठ र पूर्वआइजीपी खनाल पुगेको तस्वीर नै जोशीले बुधबार सामाजिक संजालमा राखेका छन् । निर्वाचन कानुन अनुसार मतपत्र च्यात्नु अपराध हो । तर मतपत्र च्यातेबापत कुटाइ खाएका जोशीलाई भेट्न पूर्वआइजीपी खनाल नै गएका छन् । 

    ब्यास नगरपालिकाको मेयरमा एमालेसँग गठबन्धन गरी उम्मेदवारी दिएका पूर्व मन्त्री जोशीका छोरा दीपकराज जोशीलाई मतपत्र च्यातेपछि रोक्न खोज्दा झडप भएको थियो । ब्यासको फेदी मतदान केन्द्रमा मतदान भइरहेको समयमा कैंची चिह्न लिएका स्वतन्त्र उम्मेदवार जोशी गएर मतपत्र च्यातेको प्रहरीले मुचुल्का नै उठाएको छ ।

    जोशीले मतपत्र च्यातेको मुचुल्कामा मतदान अधिकृत दामोदर कार्की, मतदान अधिकृत राजकुमार बिष्ट, सहायक मतदान अधिकृत पूजन श्रेष्ठ, कुलबहादुर बर्देवा, प्रहरी सहायक निरीक्षक विक्रम दरै, सशस्त्र प्रहरीका सहायक निरीक्षक जुननारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् । मतदान प्रतिनिधिमा नेपाली कांग्रेसका हरिप्रसाद शर्मा र शंकर पौडेल, माओवादी केन्द्रका गुणराज पौडेलले पनि हस्ताक्षर गरेका छन् । जोशीसँग फेदी मतदान केन्द्रमा जाने प्रदीप अधिकारी एमालेका तनहुँ जिल्ला कमिटी उपसचिव हुन् । 

     निर्वाचनका दिन अपराह्न४.४० बजे गरिएको मुचुृल्कामा उल्लेख छ–‘तनहुँ जिल्लाको ब्यास नगरपालिका वडा नम्बर ८ नगर कार्यपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य, महिला सदस्य, दलित महिला सदस्य पदका लागि भएको निर्वाचनमा गाविस भवन फेदी ‘ख’ मतदान केन्द्रमा मिति २७०७८ बैशाख ३० मा ३ बजे मतपत्र  नोक्सान भएकाले हामी तपसिल बमोजिमका मानिसहरुले यो मुचुल्का गरिदिएका छौं ।’ 

    2.jpg
    मतपत्र च्यातिएपछि मतदान अधिकृतदेखि निर्वाचनमा खटिएका कर्मचारी र प्रहरी–सशस्त्रका प्रतिनिधिले गरेको मुचुल्का । 

    मतपत्र च्याती नोक्सान गरिएको 

    ब्यास नगरपालिका वडा नम्बर ८ गाविस भवन फेदी ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृत दामोदर कार्कीको नियन्त्रणमा रहेको दस्तखत गरिएको मतपत्र क्रम संख्या ०१९३९०१ देखि ०१९१००० सम्मको १ सय थान मतपत्र ब्यास नगरपालिका नगरप्रमुखको स्वतन्त्र उम्मेदवार दीपकराज जोशी, निजका साथ आएका प्रदीप अधिकारी र अर्जुन श्रेष्ठसमेतले मतदान अधिकृतको नियन्त्रणमा रहेको दस्तखत भएको मतपत्र जबर्जस्ती खोसी च्यातेको र दिउँसोको ठीक ३ बजेदेखि ४.४० बजेसम्म मतदान रोकिएको ब्यहोरा ठीक साँचो हो भनी सहीछाप गरेका छौं ।’

    दीपकराज जोशीले नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफूमाथि कुटपिट गरेको आरोप लगाउँदैआएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार