सुर्खेत । कर्णाली प्रदेशका ७९ पालिकामध्ये ६० वटाको नतिजा सार्वजनिक भएकाे छ । जसमध्ये कर्णालीका तीन पालिकामा निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना सकिएसँगै नतिजा सार्वजनिक भएको निर्वाचन आयोगले जनाएकाे छ । १९ पालिकाको भने मतगणना जारी छ ।
६० पालिकाको नतिजाअनुसार नेपाली कांग्रेस २५ पालिकाको नेतृत्वसहित पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १८ पालिका जितेको छ भने नेकपा एमालेले ११ पालिकाको नेतृत्व हात पारेको छ । नेकपा एकीकृत समाजवादीले तीन पालिका जितेको छ । प्रदेशका तीन पालिकाको नेतृत्वमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । बुधबार दिउँसो १ः०० बजेसम्मको नतिजा यस्ताे छ :-
कांग्रेसले जितेका पालिका
१) खार्पुनाथ गाउँपालिका (हुम्ला)– कर्णबहादुर रावल
२) कुमाख गाउँपालिका (सल्यान)– मानबहादुर बुढाथोकी
३) त्रिवेणी गाउँपालिका (सल्यान)– खिमबहादुर रावत
४) भैरवी गाउँपालिका ( दैलेख)– रिताकुमारी शाही
५) कनकासुन्दरी गाउँपालिका(जुम्ला) – दामोदर आचार्य
६) महाबु गाउँपालिका(दैलेख) – लक्ष्मण गुरुङ
७) ठूलोभेरी नगरपालिका(डोल्पा) – स्वर्णबहादुर बुढा
८) हिमा गाउँपालिका(जुम्ला) – लक्ष्मण शाही
९) तिलागुफा नगरपालिका(कालिकोट)– शंकरप्रसाद उपाध्याय
१०) मुगूम कार्मारोङ गाउँपालिका (मुगु) – छिरिङ क्याप्ने लामा
११) सिद्धकुमाख गाउँपालिका (सल्यान)– भरत गिरी
१२) ठाटीकाँध गाउँपालिका(दैलेख)– रक्षबहादुर शाह
१३) कुशे गाउँपालिका (जाजरकोट) – हरिचन्द्र बस्नेत
१४) बाँफिकोट गाउँपालिका(रुकुम पश्चिम) – जनककुमार बाँठामगर
१५) चामुण्डा विन्द्रासैनी नगरपालिका(दैलेख) – गणेशकुमार शाही
१६) शारदा नगरपालिका (सल्यान) – प्रकाश भण्डारी
१७) शिवालय गाउँपालिका (जाजरकोट) – शेरबहादुर शाही
१८) पातारासी गाउँपालिका (जुम्ला) – पूर्णसिंह बोहोरा
१९) छायाँनाथ रारा नगरपालिका (मुगु) – विष्णुकुमार भाम
२०) पञ्चपुरी नगरपालिका (सुर्खेत) – लालविर भण्डारी
२१) बराहताल गाउँपालिका (सुर्खेत) –भीम बहादुर भण्डारी
२२) लेकबेशी नगरपालिका (सुर्खेत) –उमेश कुमार पौडेल
२३) नरहरीनाथ गाउँपालिका (कालिकोट) – नगेन्द्रबहादुर विष्ट
२४) गुर्भाकोट नगरपालिका ( सुर्खेत) – हस्त पुन
२५) छेडागाड नगरपालिका (जाजारकोट) – रत्नबहादुर खड्का
माओवादीले जितेका पालिका
१) जगदुल्ला गाउँपालिका (डोल्पा) – नारासिङ रोकाय
२) मुड्केचुला गाउँपालिका(डोल्पा) – दत्तबहादुर शाही
३) नौमुले गाउँपालिका (दैलेख) – छविराम सुवेदी
४) ताँजाकोट गाउँपालिका (हुम्ला)– लालकेश जैसी
५) सानीभेरी गाउँपालिका(रुकुम पश्चिम) – बिर्खबहादुर विष्ट
६) नाम्खा गाउँपालिका(हुम्ला) – प्रेमबहादुर लामा
७) पलाँता गाउँपालिका (कालिकोट) – विष्णुबहादुर रोकाया
८) भगवतिमाई गाउँपालिका(दैलेख) – गणेश थापा
९) शुभकालिका गाउँपालिका(कालिकोट)– गोविन्दप्रसाद आचार्य
१०) सिमकोट गाउँपालिका (हुम्ला) – विजय भण्डारी
११) सिंजा गाउँपालिका (जुम्ला) – पूर्णप्रसाद धिताल
१२) नलगाड नगरपालिका (जाजरकोट) – डम्बरबहादुर रावत
१३) बनगाड कुपिण्डे नगरपालिका (सल्यान) – कर्णबहादुर बुढाथोकी
१४) त्रिवेणी गाउँपालिका (रुकुम पश्चिम) – गणेशकुमार केसी
१५) महाबै गाउँपालिका (कालीकोट) – खेमबहादुर सिंह
१६) चौरजहारी नगरपालिका (रुकुम पश्चिम) – पुष्प बादी
१७) आठबिसकोट नगरपालिका (रुकुम पश्चिम) – रबि के.सी.
१८) दार्मा गाउँपालिका (सल्यान) –निम बहादुर केसी
एमालेले जितेका पालिका
१) शेफोक्सुण्डो गाउँपालिका (डोल्पा)– धावा सम्डुङ गुरुङ(निर्विरोध)
२) गुराँस गाउँपालिका (दैलेख) – टोपबहादुर बिसी
३) डुङ्गेश्वर गाउँपालिका (दैलेख)– सुन्दरकुमार केसी
४) नारायण नगरपालिका (दैलेख) – लोमन शर्मा
५) जुनीचाँदे गाउँपालिका (जाजरकोट) – बेदबहादुर शाही
६) चिङ्गाड गाउँपालिका (सुर्खेत) – बोधविक्रम जिसी
७) भेरी नगरपालिका (जाजरकोट) – सिपी घर्ती
८) त्रिपुरासुन्दरी नगरपालिका (डोल्पा) – जुनचन्द्र रोकाय
९) कालिमाटी गाउँपालिका (सल्यान) – दानबहादुर केसी
१०) छत्रेश्वरी गाउँपालिका (सल्यान) – ओज बहादुर बुढाथोकी
११) आठविस नगरपालिका (दैलेख) – तर्क बहादुर बडुवाल
एकीकृत समाजवादीले जितेका पालिका
१) काइके गाउँपालिका (डोल्पा)– अंगतकुमार राना (निर्विरोध)
२) छार्काताङसोङ गाउँपालिका (डोल्पा)– सेनाङ गुरूङ (निर्विरोध)
३) कपुरकोट गाउँपालिका(सल्यान)– दुर्गा पुन
स्वतन्त्र उम्मेदवार
१) खाँडाचक्र नगरपालिका (कालीकोट)– कमलबहादुर शाही
२) सान्नी त्रिवेणी गाउँपालिका (कालीकोट)– मोहनबहादुर केसी
३) चन्दननाथ नगरपालिका (जुम्ला)– राजुसिंह कठायत
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend