Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिके राउतको पार्टीले जित्यो कंकालिनी नगरपालिकाकाे मेयर


    बुधबार, जेष्ठ ४ २०७९
    780
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सप्तरी । सिके राउत नेतृत्वको जनमत पार्टीले नगरपालिकाको मेयरमा जित हात पारेको छ।

    सप्तरीको कंकालिनी नगरपालिकाको नगरप्रमुखमा जनमत पार्टीका विरेन्द्र माझी विजयी भएका छन् । उनीले ६ हजार ४०७ मत ल्याएर विजय भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी जनता सामासवादीका शैलेश साहले ६ हजार २४६ मत ल्याए। साह २०७४ सालको निर्वाचनमा राजपाबाट  मेयर पदमा निर्वाचित भएका थिए।

    उपमेयरमा  जसपाकी सरिता यादव पुन: उपमेयर पदमा ६ हजार ५०२ मत ल्याएर विजय भईन्। उनको निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीको उपमेयर उम्मेदवारले ५ हजार ९८२ मत प्राप्त गरिन्। यादव २०७४ सालको निर्वाचनमा उपममेयर पदमा निर्वाचित भएकी थिइन्।

    त्यस्तै यस नगरपालिकाको वडा नं १ मा जनमत पार्टीका सुरेन्द्र मण्डल, २ मा जनता समाजवादी पार्टीका सन्तोष कुमार यादव,३ मा जसपाकै विजय कुमार यादव, ४ मा जनमतका मौली कुमार मण्डल,५ मा माओवादी केन्द्रका बुद्धिमान श्रेष्ठ, ९ मा जसपाकै हरिश्चन्द्र वर्मा, १० मा जसपाको  राम लखन मण्डल, ११ मा माओवादी केन्द्रका  साकीर खा, १२ जसपाका श्रीचन्द्र मुखिया, १३ मा जसपाकै कुशेश्वर यादव र १४ मा जसपाका कृष्ण कुमार यादव विजय भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार