Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनगढी उपमहानगरकाे मेयरमा स्वतन्त्र उम्मेदवार हमाललाई ५ हजार ६५९ मतको अग्रता


    बुधबार, जेष्ठ ४ २०७९
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाएर पाँच हजार ६५९  पुर्याएका छन् ।

    २३ हजार २२३ मतको गणना सकिंदा हमालले १० हजार ८२५ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् भने उनलाई गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले पाँच हजार १६६ मतका साथ पछ्याइरहेका छन् ।

    यस्तै नेकपा एमालेका रणबहादुर चन्दले दुई हजार ४६२ मत पाएका छन् ।

    उपमेयरतर्फ गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले चार हजार ६८८ मत प्राप्त गरेकी छिन् । मतगणनाको सुरुदेखि अग्रता लिइरहेकी अधिकारीलाई नेकपा एमालेकी कन्दकला रानाले पछ्याइरहेकी छन् । रानाले चार हजार २४७ मत पाएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार