इलाम । इलामको माई नगरपालिकामा सत्तारुढ गठबन्धनलाई हराउँदै नेकपा एमालेले प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ । एमालेका मेयरका उम्मेदवार खम्बसिंह लिम्बुले गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार धनकुमार लिम्बुलाई एक हजार ६१७ मतले पराजित गरेका हुन् ।
लिम्बुले ८ हजार १३२ मत पाउदा माओवादी केन्द्रका धनकुमार लिम्बुले ६ हजार ५१५ मत पाएका छन् । उपप्रमुखमा नेकपा एमालेकी हिमा भण्डारी निर्वाचित भएकी छिन् । उनले नेपाली कांग्रेसका हेमबहादुर लिम्बुलाई एक हजार ५३० मतले पराजित गरेकी हुन् । उपप्रमुखमा भण्डारीले सात हजार ८७५ मत पाउँदा लिम्बुले छ हजार ३३६ मत पाएकी छिन् ।
माई नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका राम बहादुर राई, २ मा नेकपा एमालेका उर्द बहादुर राई, ३ मा नेपाली कांग्रेसका देउकुमार तामाङ वडाध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै, वडा नम्बर ४ मा नेकपा एमालेका हेम बहादुर लिम्बु, ५ मा एमालेका भुपेन्द्र पुर्बछाने मगर, ६ मा कांग्रेसका खड्ग सुन्दर योङहाङ, ७ मा एमालेका बुद्धिप्रसाद खनाल वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्बर ८ मा एमालेका अमृत बहादुर मोक्तान, ९ मा एमालेका लिला कुमार राई र १० मा पनि एमालेकै गणेश राई वडाध्यक्षमा निर्वाचित भएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend