Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थाहा नगरमा गठबन्धनका उम्मेदवार विजयी


    बुधबार, जेष्ठ ४ २०७९
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । थाहाको मेयरमा नेकपा माओवादी केन्द्रका विष्णु विष्ट र उपमेयरमा नेपाली कांग्रेसका भरत गोपाली विजयी भएका हुन् ।

    जम्मा २३ हजार ५६ मत खसेकोमा मेयरमा विष्णु विष्टले ९ हजार ७१९ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अच्युतम ढकालले ७ हजार ७७१ मत प्राप्त गरेका छन् ।

    त्यसैगरी, उपमेयरमा कांग्रेसका भरत गोपालीले ८ हजार ६०७ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी कल्पना बलामीले ८ हजार ५२२ मत प्राप्त गरिन् । थाहामा माओवादीले ६ वटा, कांग्रेस र एमालेले ३र३ वटा वडामा विजय हासिल गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार