Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झापाको हल्दिबारी अध्यक्षमा राप्रपाका लिङ्देन विजयी 


    बुधबार, जेष्ठ ४ २०७९
    975
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ ।  झापाको हल्दिबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष, उपाध्यक्षसहित बहुमत सदस्य जितेको छ । बुधबार बिहान सम्पन्न मतगणनामा गाउँपालिकाको अध्यक्षमा राप्रपाका उम्मेदवार रविन्द्र लिङदेन निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित रविन्द्र लिङ्देन राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनका माइला भाइ हुन् । उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी छन् ।

    लिङ्देनले एमालेका डम्बरबहादुर गिरीलाई दुई हजार एक सय ९० को मतान्तरले पराजित गरेका हुन् । हल्दिबारीको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित लिङ्देनले ६ हजार ८ सय ५६ मत पाएका छन् । पराजित भएका एमालेका गिरीले ४ हजार ६ सय ६६ मत मात्र पाए । गिरी हल्दिबारीका निवर्तमान उपाध्यक्ष हुन् ।

    गाउँपालिका उपाध्यक्ष निर्वाचित राप्रपाकी मैनालीले ५ हजार ७८ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्तादेवी गौतमले ४ हजार १ सय ६ मत मात्र प्राप्त गरिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा हल्दिबारीमा उपाध्यक्ष गिरीको नेतृत्वमा एमालेको बहुमत थियो । हल्दिबारी राप्रपा अध्यक्ष लिङ्देनको गृह पालिका हो । हल्दिबारी झापा निर्वाचन क्षेत्र ३ मा पर्छ । उक्त क्षेत्र राप्रपा अध्यक्ष लिङ्देन र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको प्रभाव पर्ने क्षेत्र हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार