Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जुम्लाको तिलागाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा  माओवादी केन्द्र विजयी   


    बुधबार, जेष्ठ ४ २०७९
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  
    जुम्ला । जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा  माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा  गोरीकला बुढा  विजयी भएका छन । रोकाया नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतअन्तरले पछि पार्दै विजयी बनेका हुन् । उनले एक हजार   ९ सय ३६ मत प्राप्त गरेका हुन । उनका प्रतिद्वन्दी कांग्रेसका एकराज उपाध्याय एक हजार ९ सय  १५ मत प्राप्त गरेका हुन । 

    त्यस्तै, उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा  विजयी भएकी छन् । उनले २ हजार ४ मत प्राप्त गरेकी छन्। उनकी नकटतम् प्रतिद्वन्दी कांग्रेसकी सुस्मा श्रेष्ठले एक हजार  ८ सय  ७ मत प्राप्त गरेकी हुन् ।

    २०७४को निर्वाचनमा   तिलागाउँपालिकामा नेकपा ऐमालेबाट रतन नाथ योगी अध्यक्षमा विजयी भएका थिए  भने माओवादी केन्द्रकै  बिष्णुमाया बुढाले उपाध्यक्षमा जितेकी थइिन् । यस पटक तिला गाउपालिकामा  ६ हजार ३ सय ३१ मत खसेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार