झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो। कन्काई, हल्दिबारी, बाह्रदशी र कचनकवलको नतिजा सार्वजनिक भएको हो । यी तीन स्थानीय तहमा एमाले दुई, कांग्रेस र राप्रपाले एकरएक पालिका जितेका छन् ।
कन्काई नगरपालिका एमालेले जितेको छ । नगर प्रमुखमा पुनः एमालेका राजेन्द्र पोखरेल निर्वाचित भए । पोखरेलले ८ हजार ६७३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६६१ मत पाएका थिए । यद्यपि, यो नगरपालिकामा बागीका कारण कांग्रेसलाई घाटा भएको छ । टिकट नपाएपछि असन्तुष्ट रहेका कांग्रेस महाधिवेशन प्रतिनिधि शेरबहादुर थापाले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिए । थापाले ५ हजार ६९१ मत पाए ।
कन्काई नगरप्रमुखमा जित निकाले पनि एमालेलाई यसपटक भने विगतको तुलनामा क्षति भएको छ । विगतमा प्रमुख र उपप्रमुख नै जितेको एमालेले यसपटक उपप्रमुख गुमाएको छ । उपप्रमुखमा भने कांग्रेसकी आशा शर्मा सिवाकोटी विजयी भएकी छिन् । उनले १० हजार ७१३ मत पाएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी मञ्जु प्रसाईंले ८ हजार ८४५ मत पाइन् । प्रसाईं यसअघि कन्काई नगरपालिकाकी उपप्रमुख थिइन् । कन्काईमा ९ वटा वडामध्ये सातमा एमाले र दुईमा कांग्रेस विजयी भए ।
एमालेले बाह्रदशी गाउँपालिका जितेको छ । कांग्रेसको इतिहासलाई उल्ट्याउँदै एमालेले जित निकालेको हो । यहाँ एमालेका देवीन्द्रप्रसाद चम्लागाईं ७ हजार १८४ मतका साथ विजयी भएका छन् । यस गाउँपालिमामा यसअघि कांग्रेसका खड्गप्रसाद राजवंशी अध्यक्ष थिए । राजवंशी यसपटक पराजित भएका छन् । उनले चार हजार ३६१ मत पाए । उपाध्यक्षमा पनि एमालेकी शान्तादेवी सिवाकोटी विजयी भएकी छन् । उनले ६ हजार ६३६ मत पाइन् । उनकी प्रतिद्वन्दी राप्रपाकी कमला राजवंशीले ४ हजार १९५ मत पाइन् । यो गाउँपालिकामा सातवटा वडा छन् । जसमध्ये चारमा कांग्रेस, एक एमाले, एउटा वडामा राप्रपा र एउटा वडामा स्वतन्त्र विजयी भएका छन् ।
यस्तै, कचनकवल गाउँपालिकामा कांग्रेस विजयी भएको छ । राप्रपाको किल्लामा कांग्रेसले जित निकालेको हो । यसअघि अध्यक्ष र उपाध्यक्षमै जित निकालेको राप्रपा यसपटक पराजित भएका छ । यहाँ कांग्रेसका कालेन्द्रप्रसादसिंह राजवंशी विजयी भएका छन् । राजवंशीले ११ हजार ४ सय ५७ मत प्राप्त गरे । राप्रपाका अञ्जारा आलम ६ हजार ६ सय ६७ मतका साथ पराजित भए ।
उपाध्यक्षमा भने एमालेका नवराज भट्टराई ८ हजार १ सय ४३ मतका साथ विजयी भए । उनकी निकटतम प्रतिद्वन्दी राप्रपाका निमसरी राजवंशीले ६ हजार ८ सय २ मत पाइन् । यहाँ राप्रपालाई हराउन कांग्रेस-एमाले तालमेल भएको थियो । यो गाउँपालिकामा कांग्रेसले सात वडामध्ये ६ कांग्रेस र एक एमाले एउटा वडा जितेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गाउँपालिका हल्दिबारीमा भने राप्रपा विगतको तुलनामा सुधारिएको छ । विगतमा अध्यक्ष मात्र जितेर अल्पमतमा परेको राप्रपाले यसपटक भने उपाध्यक्षमा पनि जित निकालेको छ । गाउँपालिका अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देन विजयी भएका हुन् । रवीन्द्रले ६ हजार ८ सय ५६ मत प्राप्त गरे । उनी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनी राप्रपा अध्यक्ष लिङ्देनका भाइ हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका डम्बर गिरीले चार हजार ६ सय ६६ मत प्राप्त गरे ।
यस्तै गाउँपालिका उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनाली विजयी भएकी छन् । उनले पाँच हजार ७८ मत प्राप्त गर्दा नकटतम प्रतिद्वन्दी एमालेकी शान्ता गौतमले चार हजार एक सय ६ मत प्राप्त गरिन् । यहाँ दुईवटा वडा राप्रपा, कांग्रेस, माओवादी र एमालेले एकरएक वडा जितेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend