Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इलाममा ३० वर्षपछि कांग्रेसको जित, नगरप्रमुखमा कांग्रेसका थापा विजयी 


    बुधबार, जेष्ठ ४ २०७९
    475
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • इलाम । इलाम नगरपालिकामा नेपालका कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुख पदमा नेपाली कांग्रेसका केदार थापा १३ हजार १ सय १५ मतसहित विजयी भएका छन् ।

    उपप्रमुखमा कांग्रेसकै विष्णु दाहालले विजय प्राप्त गरिन् । उनले १३ हजार ५ सय ४२ मत प्राप्त गरिन् ।

    मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याए । त्यस्तै, उपप्रमुखमा एमालेकै सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गरिन् ।

    २०४९ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको हो । ३० वर्षपछि कांग्रेसले विरासत फर्काएको हो ।

    १२ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार