Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विराटनगर महानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको  फराकिलो  अग्रता 


    बुधबार, जेष्ठ ४ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता फराकिलो बनाएका छन् ।

    पछिल्लो मत परिणाम अनुसार प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले एमाले उम्मेदवार सागर थापासँग २ हजार ८ सय १ मत र उपप्रमुख उम्मेदवार एमालेकी शिल्पाकार्कीले जसपा उम्मेदवार अमरेन्द्र यादवसँग ४ हजार ४४ मतको अग्रता बनाएकी छन् ।

    मेयरका उम्मेदवार कोइरालाले ११८७६ मत पाएका छन् । एमाले उम्मेदवार सागर थापाले ९०७५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले ३९२७ मत पाएका छन् । प्रह्लाद साहले २५३९ मत पाएका छन् ।

    एमालेबाट उपप्रमुख उम्मेदवार शिल्पा कार्कीले १० हजार ४२६ मत पाएकी छन् । जसपा उम्मेदवार अमरेन्द्र यादवले ६ हजार ३८२ मत पाएका छन् । राप्रपा उम्मेदवार विन्दाकुमारी लुईटेल आचार्यले ३ हजार ६५ मत पाउँदा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले २ हजार १९९ मत पाएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार