Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तिलागाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा  माओवादी केन्द्र विजयी   


    बुधबार, जेष्ठ ४ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जुम्ला ।  जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा  माओबादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा  गोरीकला बुढा   विजयी भएका छन ।  रोकाया  नेपाली कांग्रेसका एकराज चौलागाईलाई २१ मतअन्तरले  पछि पार्दै विजयी बनेका हुन्  ।  उनले एक हजार  ९ सय ३६ मत प्राप्त गरेका हुन । उनका प्रतिद्वन्दी कांग्रेसका एकराज चौलागाईले  एक हजार  ९ सय  १५ मत प्राप्त गरेका हुन । 

     त्यस्तै, उपाध्यक्षतर्फ २  हजार ४ मतसहित नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा ९कल्पना०  विजयी भएकी छन  । उनकी निकटतम् प्रतिद्वन्दी कांग्रेसकी सुस्मा श्रेष्ठले एक हजार  ८ सय  ७ मत प्राप्त गरेकी हुन ।

    यस पटक तिला गाउँपालिकामा  ६ हजार ३ सय ३१ मत खसेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार