Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दोलखाको तामाकोशी गाउँपालिका अध्यक्षमामा नेकपा समाजवादीका प्रोणप्रताप केसी बिजयी


    बुधबार, जेष्ठ ४ २०७९
    605
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चरिकोट । दोलखाको तामाकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका प्रोणप्रताप केसी बिजयी भएका छन् । केसीले २ हजार ५ सयभन्दा बढी मतले एमालेका अभिषेक सुवेदीलाई पराजीत गर्दै बिजयी भएका हुन् । 

    केसी एमालेमा अथक संघर्ष गरेका तर कहिल्यै अवसर नपाएका नेताका रुपमा दोलखामा चिनिन्छन् । २०७४ को स्थानीय निर्वाचनमा केसीकै कारण तामाकोशीमा एमालेले २ वटा बुथकब्जा हुँदा पनि निर्वाचन जितेको थियो ।

    दोलखामा सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी र नेकपा समाजवादीबीच चुनावी तालमेल भएको थियो । समाजवादीले २ वटा गाउँपालिका मेलुङ र तामाकोशीको अध्यक्ष पाएको थियो ।

    मेलुङमा नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामाले नै एमालेका हिरा थोकरलाई सहयोग गर्दा समाजवादीले जित निकाल्न सकेन । तर तामाकोशीमा गठबन्धन प्रभावकारी भएकाले केसीले गाउँपालिका अध्यक्षमा ठूलो मतान्तरले जितेका छन् ।

    तामाकोशी गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी सृजना सुवेदी खड्काले जितेकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार