Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सल्यानको छत्रेस्वरी गाउँपालिकामा एमाले विजयी


    बुधबार, जेष्ठ ४ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सल्यान । जिल्लाको छत्रेस्वरी गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्ष पदमा एमालेका ओजबहादुर बुढाथोकी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वीलाई १ हजार २ सय ६९ मतले पछि पार्दै बुढाथोकेी विजयी भएका हुन् ।

    विजयी भएका बुढाथोकीले ३ हजार ८ सय ९२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशबहादुर विष्टले २ हजार ६ सय २३ र माओवादी केन्द्रका प्रेम खडकाले २ हजार ५ सय ९ मत ल्याएका छन् ।

    यस्तै, उपाध्यक्षमा पनि एमालेकै बुद्धाकुमारी खत्री विजयी भएकी छन् । विजयी भएकी खत्रीले ३ हजार ३ सय ८२ मत ल्याएकी छन् भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकी सीता गिरीले ३ हजार ४७ र नेकपा समाजवादीका राजबहादुर बुढाथोकीले १ हजार ९ सय ८८ मत ल्याएका छन् ।

    १५ हजार ६ सय ९८ मतदाता रहेको छत्रेस्वरीमा यहि वैशाख ३० गते भएको निर्वाचनमा विभिन्न मतदान केन्द्रबाट १० हजार ४ सय ६२ ले मतदान गरेका जानकारी गराए । उनका अनुसार पालिकाका सात वडामा एमाले, कांग्रेस र माओवादीले जितेका छन् ।

    यस्तै जिल्लाको १० पालिकामा अहिलेसम्म सात पालिकाको निर्वाचन सम्पन्न भएको छ । तीन वटामा कांग्रेसले अध्यक्षमा, दुई वटामा एमालेले, एक–एक वटामा समाजवादीले र माओवादीले जित हासिल गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार