काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान मेयर मदन सुन्दर श्रेष्ठलाई चार हजार ६३ मतान्तरले पराजित गर्दै सुरेन्द्र मेयरमा निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार सुरेन्द्रले १५ हजार ९८ मत पाएका छन् भने मदन सुन्दरले ११ हजार ३५ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका आशाहरि प्रजापतिले दुई हजार २५ मत पाएका छन् ।
उपमेयरमा भने नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । उनले १२ हजार १०२ मत पाएका छन् भने नेकपा एमालेकी उत्तरा नेपालले आठ हजार ९६३ मत पाएकी छन् । नेपाल मजदुर किसान पार्टीकी दीक्षा बाडेले दुई हजार ७२२ मत पाएकी छन् ।
नगरका ९ वटा वडामध्ये ६ वटाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने दुई वटामा नेकपा एमाले र एउटामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । यो नगरपालिकामा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग तालमेल गरेको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend