दिलमाया शाही
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका – ६ वडामा माओवादी केन्द्रका विशाल खड्का पुनः वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले २०४ मत प्राप्त गरी पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी कांग्रेसका कर्णबहादुर विष्टले १२५ मत प्राप्त गरी पराजित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ०७४ को स्थानीय तहको निर्वाचनमा खड्का नै वडाध्यक्षमा निर्वाचित भएका थिए ।
कनकासुन्दरी गाउँपालिका – १ वडामा माओवादीका भीमबहादुर भण्डारी निर्वाचित भएका छन् । उनी ३५३ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका गोबी बुढाले ३३२ मत प्राप्त गरेका हुन् ।
सोही गाउँपालिका–२ वडामा माओवादीका खाम्मा रावत निर्वाचित भएका छन् । उनले ४८९ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी काँग्रेसका नरबहादुर रावतले ४०२ मत प्राप्त गरेका हुन् ।
कनकासुन्दरी – ४ वडामा माओवादीका धनमानसिंह हमाल निर्वाचित भएका छन् । उनले ३५७ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी स्वतन्त्र उम्मेदवार गंगाराम बुढाले १९७ मत प्राप्त गरेका हुन् । यस्तै ५ नम्बर वडामा माओवादीका विस्णुबहादुर बढुवाल निर्वाचित भएका छन् । उनले १५८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर घर्तीले १४४ मत प्राप्त गरी पराजय भएका हुन् ।
सिंजा गाउँपालिका –२ वडामा माओवादीका तिर्थ वड निर्वाचित भएका छन् । उनले ३९६ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी काँग्रेसका मनप्रसाद शर्माले ३२७ मत प्राप्त गरेका हुन् । ३ नम्बर वडामा माओवादीका सुरतबहादुर रावत निर्वाचित भएका छन् । उनले ३९६ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी काँग्रेसका हरिहर जैसीले ३८३ मत प्राप्त गरेका छन् ।
हिमा गाउँपालिका – ३ वडामा माओवादीका धनविर रोकाया निर्वाचित भएका छन् । उनले २३३ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी काँग्रेसका धनपति सार्कीले १७८ मत प्राप्त गरी पराजित भएका हुन् । ४ वडामा माओवादीका जग्ग रोकाया निर्वाचित भएका छन् । उनले १७९ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी काँग्रेसका धनराम बुढाले १६९ मत प्राप्त गरेका हुन् ।
तिला गाउँपालिका – १ वडामा माओवादीका जंगबहादुर बस्नेत निर्वाचित भएका छन् । उनले ३४६ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी काँग्रेसका मनबहादुर रावतले १९४ मत प्राप्त गरेका हुन् ।
पातारासी गाउँपालिका –१ वडामा माओवादीका लालसिंह ऐडी निर्वाचित भएका छन् । उनले २५२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी २४७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पातारासीकै ३ नम्बर वडामा माओवादीका गोविन्द रावत निर्वाचित भएका छन् । उनले ५१३ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी काँग्रेसका लछुमन महताराले ३८५ मत प्राप्त गरेका हुन् ।
पातारासीको ४ वडामा माओवादीका कालीबहादुर ऐडी निर्वाचित भएका छन् । उनले ६४७ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी काँग्रेसका स्यामबहादुर रउलेले ४८० मत प्राप्त गरेका हुन् ।
चन्दननाथ नगरपालिका – ३ वडामा माओवादी केन्द्रका रतन खत्री निर्वाचित भएका छन् । उनले २५६ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी स्वतन्त्र उम्मेदवार मीनबहादुर भक्र्रीले १५९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए । सोही नगरपालिकाको ५ नम्बर वडामा माओवादीका विर्ख कार्की निर्वाचित भएका छन् । उनले १६८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी स्वतन्त्र उम्मेदवार पूर्णप्रसाद श्रेष्ठले १४९ मत प्राप्त गरेका हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend