Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेका सांसद बानियाँका छोरा पेस्तोलसहित पक्राउ


    मंगलबार, जेष्ठ ३ २०७९
    3.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खड्क सुनार  

    मुगुनेकपा एमालेका प्रतिनिधि सभा सदस्य सांसद मोहन बानियाँका कान्छा छोरा पक्राउ परेका छन् । जिल्लाको खत्याड गाउपालिका वडा नं ७ माझचौरमा सांसद बानियाका कान्छा छोरा अर्पण बानियाँ ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन् । 

    मंगलवार दिउँसो ३ बजे तिर शंकास्पद अवस्थामा प्रहरीले चेक जाँच गर्दा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायव निरीक्षक जुन बहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अर्पणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

    कार्यालयका अनुसार पक्राउ परेका बानियालाई हाल प्रहरी चौकी माझ चौरमा राखिएको छ भने भोलि नै जिल्ला प्रहरी कार्यालम ल्याई अनुसन्धान गरि हातहतियार कसुर सम्बन्धि कानुन बमोजिमको मुद्दा अगाडि बढाइने बताइएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार