लमजुङ । लमजुङको राइनास नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादीले जितेको छ । राइनसमा नेकपा एमालेलाई पराजित गदै गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । राइनासमा गठबन्धनका कांग्रेसबाट नगरप्रमुखमा खड्कबहादुर गुरुङ र माओवादी केन्द्रका पुष्पराज खनाल विजयी भएका छन् ।
गुरुङले ५ हजार ८ सय २६ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सिंहबहादुर थापाले ४ हजार २ सय ४४ मत प्राप्त गरेका छन् । यसैगरी, नगरपालिकाको उपमेयरमा गठबन्धनको माओवादी केन्द्रबाट पुष्पराज खनाल विजयी भएका छन् ।
उनले ५ हजार ८ सय ८६ मत प्राप्त गरेका छन् । एमालेबाट उम्मेदवार बनेकी उनको निकटतम प्रतिद्वन्द्वी शोभा पन्थीले ३ हजार २ सय ३४ मत प्राप्त गरी उपाध्यक्षमा पराजित भइन् । राइनास नगरपालिकामा ०७४ को स्थानीय तहमा एमालेले प्रमुख र कांग्रेसले उपप्रमुख जितेको थियो ।
राइनास नगरपालिकाको १० वटा वडामध्ये वडा नम्बर २, ४, ६, ९ र १० मा नेपाली कांग्रेसले जितेको छ । यस्तै वडा नम्बर १, ५, ७ मा माओवादी केन्द्र, ३ मा स्वतन्त्र र ८ मा एमालेले जितेको थियो ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend