Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरा महानगरमा आचार्यको मतान्तर फराकिलो, १७५० मतको अग्रता


    मंगलबार, जेष्ठ ३ २०७९
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । 

    पोखराको २८ हजार १ सय ६० मत गणना भइसकेको छ । जसमा गठबन्धनका तर्फबाट नेकपा समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्यले ११,८१२ मत प्राप्त गरेका छन् ।

    आचार्यका प्रतिस्पर्धी एमालेका कृष्ण थापाले १०,०६२ मत प्राप्त गरेका छन् । आचार्यले थापा भन्दा १७५० मत बढी पाएका छन् । सुरुवातदेखि नै अग्रता हासिल गरेका आचार्यले निरन्तर मतान्तर फराकिलो बनाउँदै लगेका छन् । 

    पोखराको उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले अग्रता लिएकी छन् । उनले १२१३० मत पाएकी छन् भने एमालेकी मन्जु गुरुङले ११४८३ मत ल्याएकी छन् । उपमेयरमा गुरुङभन्दा रानाभाट ६४७ मतले अघि छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार