Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मध्यपुर थिमीमा नेमकिपाले खोल्यो खाता


    मंगलबार, जेष्ठ ३ २०७९
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा खाता खोलेको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदमा उक्त पार्टीका वडा अध्यक्षका उम्मेदवार रमेश थापा श्रेष्ठ विजयी भएका छन् । 

    उनका साथै उनको पार्टीबाट अन्य तीन जना सदस्य पनि विजयी भएका छन् । एक जना सदस्य भने नेपाली कांग्रेसबाट विजयी भएका छन् । 

    थापाले एक हजार दुई सय २६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वडा अध्यक्षले एक हजार ४५ मत पाएका छन् । तेस्रो स्थानमा रहेको एमाले वडा अध्यक्षले तीन सय ८९ मत पाएका छन् । त्यहाँ तीन हजार तीन मत खसेको थियो । अघिल्लो स्थानीय निकायको निर्वाचनमा पनि उक्त पार्टीले सो वडामा वडा अध्यक्षसहित जितेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार