Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भेरी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा काँग्रेस विजयी


    मंगलबार, जेष्ठ ३ २०७९
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । जाजरकोटको भेरी नगरपालिका प्रमुखमा एमालेका चन्द्रप्रकाश घर्ती विजयी भएका छन् ।

    घर्ती सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा–माओवादी केन्द्रका गगनबहादुर खड्कालाई हराउँदै ४ हजार ८ सय ४२ मत ल्याएर विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी माओवादीका गगनबहादुर खड्काले ३ हजार ९ सय ६३ मत प्राप्त गरेका छन् ।

    यो नगरमा एकीकृत समाजवादीका कमानबहादुर खड्काले ३ हजार ५ सय ५९ मत ल्याएर तेस्रो स्थान बनाएका छन्  ।

    उपप्रमुखमा गठबन्धनकी साझा उम्मेदवार काँग्रेसकी सीता जैसी निर्वाचित भइन् । जैसीले ५ हजार ९ सय ८५ मत प्राप्त गरेर विजयी बन्दा प्रतिस्पर्धी एमालेकी सावित्री चन्दले ५ हजार १ सय ७२ मत प्राप्त गरिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार