Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीको मेयरमा माओवादी विजयी, उपमेयरमा समाजवादीकी थापा


    मंगलबार, जेष्ठ ३ २०७९
    970
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • न्युज कारखाना

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा र उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका सीता थापा विजयी भएका छन् ।

    माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा (देशबन्धु ) ११ हजार ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रत्याशी एमालेका इन्द्र नेपालले ६ हजार ७ सय ११ मत  ल्याए ।

    उपमेयरमा नेकपा एकीकृत समाजवादीकी सीता थापाले ९ हजार ७ सय २६ मत ल्याएर विजयी हुँदा उनकी प्रत्याशी नेकपा एमालेकी बालकुमारी सापकोटा ६ हजार ५ सय ११ मत ल्याइन् ।

    चौतारामा माओवादी र समाजवादीबीच चुनावी तालमेल भएको थियो । माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा (देशबन्धु ) सभामुख अग्नि प्रसाद सापकोटाका भाइ हुन् । २०७४ सालको निर्वाचनमा पनि सो नगरपालिकामा माओवादीलेनै जितेको थियो । 

    अहिलेसम्म सिन्धुपाल्चोकमा सात वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भैसकेको छ । जसमा चौतारा साँगाचोकगढी नगरपालिका , बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका, बलेफि गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ईन्द्रवती गाउँपालिका अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

    नेकपा माओवादी केन्द्रको २, नेपाली कांग्रेस ४, १ नेकपा एमालेले प्रमुख पदमा विजयी हासिल गरेको छ । सिन्धुपाल्चोकमा १२ वटा स्थानीय तह मध्ये ५ वटा पालिकाको मतगणना भने जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार