Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विष्णुपुर गाउँपालिकाकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी


    मंगलबार, जेष्ठ ३ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष जागेश्वर यादवलाई पराजित गर्दै नेकपा एमालेका सत्यनारायण यादव अध्यक्षमा र उपाध्यक्षमा जसपाकाकी गीता कुमारी सिंह विजयी भएका छन् ।

    अध्यक्ष यादवले दुई हजार एक सय ५१ मत ल्याएका छन । उनी ३४ मतले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटम प्रतिस्पर्धी जसपाका जागेश्वर यादवले दुई हजार एक सय १७ मत ल्याएका छन् । 

    यस्तै, उपाध्यक्षमा जसपाकी गीताकुमारी सिंह दुई हजार दुई सय ७२ मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटम प्रतिस्पर्धी कांग्रेसकी चन्द्रकलाकुमारी यादवले एक हजार नौ सय ६९ मत पाएकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार