Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कार्य व्यवस्था परामर्श समितिको बैठक जारी, एमाले अनुपस्थित


    मंगलबार, जेष्ठ ३ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बसिरहेको छ ।

    मंगलबार अपरान्ह ४ बजेबाट सुरु हुने संघीय संसदको ११औं अधिवेशनअन्तर्गत प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बैठक बसिरहेको हो । 

    उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित रहेको छ । संसदको नवौं र दशौं अधिवेशनका सबै बैठकमा नाराबाजी गर्दै रोष्ट्रम गरेको एमालेले मंगलबारबाट सुरु हुने प्रतिनिधिसभा बैठकमा पनि अवरोध गर्ने तयारी गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार