जुम्ला । जुम्लामा नेकपा एकीकृत समाजवादी पार्टीले ५ वटा वडामा निर्वाचित भएको छ । स्थानीय तह निर्वाचनमा जुम्लाका ८ ओटा स्थानीय तहका ६० वडामध्ये पछिल्लो मत परिणामअनुसार पाँच वडाका वडाध्यक्षमा समाजवादी निर्वाचित भएको हो ।
त्यस्तै, चन्दननाथ नगरपालिका – ७ वडामा समाजवादीका गणेश महत वडाध्यक्षमा निर्वाचित भएका छन् । वडाध्यक्षमा निर्वाचित महतले २७९ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी एमालेका कमल बहादुर महतले २३९ मत प्राप्त गरी पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ
यस्तै, हिमा गाउँपालिका –२ वडाको वडाध्यक्षमा समाजवादी पार्टीका हरिबहादुर रोकाया निर्वाचित भएका छन् । उनले १६६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी माओवादीका जयबहादुर रोकायाले १११ मत प्राप्त गरेका छन् । सोही गाउँपालिका –७ वडाको वडाध्यक्षमा समाजवादीका विक्रम बहादुर शाही निर्वाचित भएका छन् । उनले २६० मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रत्यासी माओवादीका वीरजित रोकायाले १८० मत प्राप्त गरी पराजित भएका छन् ।
कनकासुन्दरी गाउँपालिका –७ को वडाध्यक्षमा समाजवादीका तेजबहादुर जिसी निर्वाचित भएका छन् । उनले २८८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी एमालेका अजबहादुर रोकाय १८० मत प्राप्त गरी पराजित भएका हुन् ।
यस्तै, गुठीचौर गाउँपालिका –२ को वडाध्यक्षमा समाजवादीका दिपबहादुर रोकाया निर्वाचित भएका छन् । उनले ३२५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी कांग्रेसका उजिलो बुढाले ३१३ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend