Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टी अल्पमतमा परेको भन्दै रसुवामा माओवादी केन्द्रका पालिका इन्चार्जले दिए राजीनामा


    मंगलबार, जेष्ठ ३ २०७९
    685
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रसुवा । रसुवाको कालिका गाउँपालिकामा पार्टीका उम्मेदवार विजयी गराउन नसकेपछि नेकपा माओवादी केन्द्र कालिकाका इन्चार्ज अर्जुनप्रसाद देवकोटाले राजीनामा दिएका छन् । उनले स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको टिकटमा आन्तरिक प्रतिस्पर्धा हुँदा अल्पमतमा परेको र निर्वाचनमा पार्टीको उम्मेदवार विजयी गराउन नसकेकाले नैतिकताको आधारमा राजीनामा दिएको बताए ।

    कालिकामा एउटा वडामा माओवादी केन्द्रले प्यानलै जितेको थियो । बाँकी ४ वटा वडामा नेपाली कांग्रेस विजयी भयाे । माओवादी केन्द्रले पालिकामा नेकपा एससँग गठबन्धन गरेको भए पनि पालिका अध्यक्ष तथा उपाध्यक्ष दुवै पदमा पराजय भोग्न पर्‍यो।

    कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा हरिकृष्ण देवकोटाले २६२२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले २२८३ मत पाए । 

    माओवादीका उम्मेदवार सोमबहादुर तामाङले १५२२ मतसहित तेस्रो भए । उपाध्यक्षमा कांग्रेसकी मिरा लामाले २८१० मत ल्याएर निर्वाचित भइन् । उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका भट्टले २००२ मत पाइन् ।  यस्तै, नेकपा समाजवादीका उम्मेदवार विष्णुप्रसाद देवकोटाले १ हजार ४० मत सहित तेस्रो नै भए ।

    280656250_3729400780669333_8307595416215002465_n.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार