Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चट्याङ लागेर २ जनाको मृत्यु


    मंगलबार, जेष्ठ ३ २०७९
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काभ्रे र झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । 

    काभ्रेको रोशी गाउँपालिका–९ पलान्चे बस्ने १६ वर्षीया साजनी लुङ्गेलीको चट्याङ लागेर सोमबार मृत्यु भएको छ । 

    बारीबाट घर फर्कने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि भकुण्डे स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  

    झापाको हल्दिबारी गाउँपालिका–२ राईटोल बस्ने २६ वर्षीय भेना हस्दाको चट्याङ लागेर सोमबार मृत्यु भएको छ । 

    शौचालय गई घर फर्कने क्रममा अविरल बर्षासँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार