Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धाँधलीका बाबजुद जनताले सूर्य चिन्हमा दिएको मतको सुरक्षा गर्नु पार्टीको कर्तव्य हो, मतगणनामा चनाखो रहौँ- पोखरेल


    मंगलबार, जेष्ठ ३ २०७९
    570
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतगणनामा चनाखो रहन नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । 

    उनले मतगणनाको क्रममा जनताले दिएको अमूल्य मतको सुरक्षा गर्नु कर्तव्य भएको बताए । 

    ‘सत्ताको चरम दुरुपयोगका बाबजुद सूर्य चिन्हमा जनताले दिएको अमूल्य मतको सुरक्षा गर्नु पार्टी पंक्तिको कर्तव्य हो । मतगणनामा चनाखो रहौँ’, सामाजिक सञ्जाल फेसबुकमा मंगलबार लेखेका छन् । 

    उनले यसअघि आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचनमा धाँधली भएको आरोप लगाएका थिए ।  पोखरेलको आरोपलाई लिएर उनकै पार्टीका केही नेताले आलोचना गर्दै आएका छन् । 

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले मतदान भएको ३० वैशाखमै निर्वाचनमा राज्य शक्तिको दुरुपयोग सरकार र गठबन्धनले गरेको आरोप लगाएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार