दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले लागु औषध ब्राउन सुगरसहित चार जना युवक पक्राउ परेकाे छ।
तुलसीपुर उपमहानगरपालिका-१२ राप्ती बबई क्याम्पस पछाडिबाट तुलसीपुर-६ का २३ वर्षीय रवीन नेपालीलाई ब्राउन सुगरसहित पक्राउ गरेको थियो । उनीबाट ३०० मिलीग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।
उनीमाथि सोधपुछ गर्दा तुलसीपुर-६ बस्ने ३४ वर्षीय अम्मर बाल्मिकीसँग खरिद गरेको खुलेको हो।
बाल्मिकीको डेरा कोठा पुगेर खोज्दा उनीबाट पनि १४० मिलिग्राम ब्राउनसुगर बरामद भएको डिएसपी अर्यालले जानकारी दिए।
उनीहरूसँगै प्रहरीले तुलसीपुर-९ का २७ वर्षीय मार्केट जेठा भन्ने कृष्ण जैसी, तुलसीपुर-१० घर २८ वर्षीय राजेश नेपालीलाई पनि पक्राउ गरेको हो।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।