Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विराटनगर महानगरको प्रमुखमा नागेश कोइरालाको अग्रता कायमै


    मंगलबार, जेष्ठ ३ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विराटनगर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायमै राखेका छन्।

    २० हजार ५१७ मत गणना हुँदा कोइरालाले ६ हजार ६०० मत प्राप्त गरेका छन्। नेकपा एमालेका सागरकुमार थापाले ४ हजार ८९१ मत प्राप्त गरेका छन्।

    त्यहाँ स्वतन्त्र उम्मेदवार उमेश यादवले पनि २ हजार ८८ मत प्राप्त गरेका छन्। उपप्रमुखमा भने गठबन्धनका साझा उम्मेदवार भन्दा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्कीले अग्रता कायम राखेकी छन्।

    उनले ५ हजार ५७७ मत प्राप्त गरेकी छन् भने गठबन्धनका उम्मेदवार अमरेन्द्रप्रसाद यादवले ३ हजार ७८९ मत ल्याएका छन्। विराटनगरमा कूल खसेको ८९ हजार ६१७ मतमध्ये अझै ६९ हजार १५४ मत गणना गर्न बाँकी रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार