Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी 


    मंगलबार, जेष्ठ ३ २०७९
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दिक्तेल । खोटाङको खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनकातर्फबाट अध्यक्षमा माओवादी केन्द्रका उदिमबहादुर राई र उपाध्यक्षमा  कांग्रेसका रुपेश राई विजयी भएका हुन् ।

    एमालेका उम्मेदवार कविता राईभन्दा ३८ मत बढी ल्याएर उदिमबहादुर अध्यक्षमा विजयी भएका हुन् । 

    उदिमबहादुरले ३७२८ र कविताले ३६९० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्षमा विजयी रुपेशले ३७६३ मत पाएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी एमालेका राजन बञ्जराले ३३१० मत पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार